काठमाडाैँ । एक १५ वर्षीया किशोरीलाई यौन दुराचार गरेको आरोपमा प्रहरीले चितवनको माडीबाट एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका-५ का ३७ वर्षीय सुरज लामिछाने छन् ।
माडी नगरपालिका-१ बरुवास्थित श्री सोमेश्वर उच्च माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षकी किशोरीलाई सोही स्कुलमा कार्यरत लामिछानेले यौन दुर्व्यवहार गरेको अभिभावकको आरोप छ ।
पीडित किशोरीका आफन्तले दिएको उजुरीको आधारमा शिक्षक लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अभिभावकले आइतबार लिखित जाहेरी दिएका थिए । आइतबारै शिक्षक लामिछानेलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




