काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्नेछ ।
बैठकमा स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल हुने उनले बताए । पोलिटब्युरोमा १९ पदाधिकारी र २६ स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन् ।
पछिल्लो समय सबैजसो राजनीतिक दलहरू वैशाख ३० को स्थानीय तह निर्वाचन लक्षित कार्यक्रममा केन्द्रित हुन थालेका छन् । नेकपा एमालेले पनि देशभर चुनावी अभियानलाई तीव्र बनाउँदै लगेको छ ।
तपाईंको प्रतिकृया




