भानुदयका पूर्व प्रधानाध्यापक कडायत मृत भेटिए

काठमाडौँ । अछामको साँफेबगर नगरपालिका-१२ खप्तडस्थित भानुदय आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक भानसिंह कडायत मृत भेटिएका छन् । माघ २१ गते कपिलवस्तुबाट सम्पर्कविहीन भएका उनी गत बुधबार मृत भेटिएका हुन् ।

कञ्चनपुरको वेदकोट नगरपालिका-१० दैजी बस्ने ४५ वर्षीय कडायत पोखराबाट कञ्चनपुर जानेक्रममा कपिलवस्तुबाट सम्पर्कविहीन भएका थिए । मृतकका छोरा रमेश कडायतले दिएको निवेदनका आधारमा खोजी गरिरहेको प्रहरी उनको शव कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ बागेश्वरी सामुदायिक जङ्गलस्थित बलहुन्द्र खोलामा फेला पारेको हो ।

मृतक कडायतको शनिबार कञ्चनपुरमा अन्तिम संस्कार गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री