काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले लिने उपप्राध्यापक पदको लिखित परीक्षा स्थगित गरिएको छ । सर्वोच्च अदालतले पदपूर्ति गर्ने कार्य हाल नगर्नु/नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश दिएपछि परीक्षा स्थगित गरिएको हो ।
सेवा आयोगले एक सूचना जारी गर्दै यही ८ गतेदेखि लिइने भनिएको परीक्षा हाललाई स्थगित गरिएको जनाएको छ । ‘सम्मानित सर्वोच्च अदालतबाट विज्ञापन नं. ७०१/०७७/०७८ देखि ८२५/०७७/०७८ सम्मको पदमा पदपूर्ति गर्ने कार्य हाल नगर्नु/नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको हुँदा आयोगको निर्णय बमोजिम उक्त परीक्षा हाललाई स्थगित गरिएको छ,’ सूचनामा अगाडि भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गरिने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

तपाईंको प्रतिकृया




