निर्वाचन जित्नका लागि एमालेलाई कसैको भर पर्नु पर्दैनः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा कम्तिमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने दाबी गरेका हुन् । उनले एमालेलाई निर्वाचन जित्नका लागि कसैको बैशाखी टेक्नु नपर्ने पनि बताए।

ओलीले आफूहरु प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थामा रहेकाले प्रतिस्पर्धा गर्न तयार रहेको उल्लेख गरे। अध्यक्ष ओलीले नेपालको राजनीति प्रतिगामी शक्ति र जनादेश चाहने शक्तिबीचको दुई ध्रुवमा रहेको बताए । उनले सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिगामी शक्तिको प्रतिनिधित्व गर्ने उल्लेख गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री