नेपाल र साउदी अरबबीचको द्विपक्षीय उच्चस्तरीय बैठक सम्पन्न भएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा दुई देशबीचको सबै आयामहरुमा छलफल भएको थियो।
बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबको नेतृत्व साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले गरेका थिए।
बैठकमा नेपाल र साउदीबीच जनरल कोअप्रेसन एग्रिमेन्टमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
तपाईंको प्रतिकृया




