ताप्लेजुङ सदरमुकाममा आगलागी, वृद्धाको मृत्यु

काठमाडाैँ  । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागीमा परी घाइते हुनुभएकी मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला अस्पताल ताप्लेजुङमा निधन भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ ।

स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रजिअ पोखरेलले जानकारी दिए । कोप्चे बजारमा बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस