संखुवासभामा बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो

काठमाडौं – संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मादीबाट झापाको दमक जाँदै गरेको यात्रुवाहक बस मादी नगरपालिका-६ को पुलुङस्थित सात घुम्तीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको हो ।

घटनास्थलमा रहेका मादी नगरपालिका-६ का अध्यक्ष धननारायण तामाङले १४ जनाको शव निकालिएको बताए । मृतकहरुको पहिचान भइसकेको छैन । बिहीबार बिहान भएको दुर्घटनामा ५ जनाको जीवितै उद्धार गरिएको छ ।

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका-६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री