जङ्गलमा आगो निभाउँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ मा पर्ने भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ।

आगो निभाउने क्रममा आज दिउँसो ३ बजे २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। सो आगलागीमा मृतक बोहराका भाइ २१ वर्षीय बोहरा घाइते भएका छन् । सोमबर रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन।

जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि निभाउने क्रममा मनबहादुरको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रराज गुरुङले जानकारी दिए।

उनका अनुसार मृतक मनबहादुरका भाइको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली, स्थानीयवासी, युवा क्लब, लायन्स क्लब, रेडक्रसकर्मीको सहयोगमा उद्धार गरी घाइते बोहोरालाई प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा ल्याइएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सभामुखमा तटस्थता नदेखिएको कांग्रेसको निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्नलाई बचाउने काममा नलाग्न सरकारलाई चेतावनी दिएको …

प्रतिकृया दिनुहॊस

This will auto close after