निर्वाचन आयोगलाई ओलीले साेधे, ‘मतपत्रकाे रंग किन हरियो?’

एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रकाे रंग हरियो राख्न थालिएको भन्दै आपत्ति जनाएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतदाता पत्र हरियो राख्न नहुने भन्दै यसलाई सच्याउनु पर्ने बताए ।

‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे। सञ्चार माध्यममा देखेँ। तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन’, उनले भने, ‘किन हरियो राख्ने ? रुखैरुख देखियोस् भनेर ? तर, यो आयोगले निर्णय गरेको भए सच्याउनु पर्छ ।’

एमालेविरुद्ध राज्यका सबै अंग प्रयोग गरिएको भन्दै उनले एमालेविरुद्ध गरिएका कार्य सच्याउन अध्यादेशबाट पनि सकिने बताए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

धादिङको थाक्रेमा घर जल्दा दम्पतीको ज्यान गयो

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका-५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको …

प्रतिकृया दिनुहॊस