बुद्ध एयरले आफ्ना यात्रुलाई २५ सय किताब बाँड्दै

काठमाडाैँ । बुद्ध एयरमार्फत यात्रा गर्नेलाई आज २५ सय किताब वितरण गरिँदैछ । बुद्ध एयरले ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरमार्फत यात्रा गर्नेलाई २५ सय किताब वितरण गर्ने भएको हाे ।

सांग्रिला पुस्तकसँगको सहकार्यमा विभिन्न विधामा महिला लेखकले लेखेको किताब बाँड्न लागेको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए । पुस्तक काठमाडौँभन्दा बाहिरी एयरपोर्टबाट आउने यात्रुको लागि नभएको पनि कर्णले स्पष्ट पारे ।

काठमाडौँ विमानस्थलबाट दैनिक ८ हजार यात्रु बुद्ध एयरबाट आवतजावत गर्ने जानकारी दिँदै शुरूमा यात्रा गर्ने २५ सय जनाले मात्र किताब पाउने कर्णले बताए । बुद्धले उपहार स्वरूप करिब १० लाख बराबरको किताब उपलब्ध गराउन लागेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after