भक्तपुरमा मान्छे नबस्ने जस्ताको टहरोमा महिलाको घाँटी रेटी हत्या

काठमाडाैँ । भक्तपुरमा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका-७ बागरेस्थित खेतको टहरामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या गरिएको हो ।

अन्दाजी ३५/४० वर्षकी महिलाको पहिचान भइनसकेको प्रहरीले जनाएको छ । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले जानकारी दिए । ‘महिलाको शव जस्ताले बारेको मान्छे नबस्ने टहरामा घाँटी रेटिएको अवस्थामा छ‘, डीएसपी पाण्डेले भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री