ललितपुरमा एकै घरका पाँच जना मृत फेला, घट्ना रहस्यमय

ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ नल्लुमा एकै परिवारका पाँच जना मृत फेला परेका छन् । उनीहरू सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको वडाध्यक्ष तीर्थ घलानले जानकारी दिए। एक जनाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, २२ वर्षीय छोरा सुभाष स्याङताङ, २२ वर्षीया बुहारी सुष्मा स्याङताङ, नौ वर्षीय आशिष स्याङताङ र दुई दिनको नवजात शिशु छन्।

दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको र घटनाबारे विस्तृत विवरण बुझ्ने काम भइरहेको कोन्ज्योसोम गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामाले जानकारी दिइन्। सबैको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस