प्रतिनिधिसभा बैठकद्वारा महाभियोग प्रस्ताव सिफारिस समिति गठन

आइतबारको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाभियोग प्रस्ताव सिफारिस समिति गठन गरेकाे छ। आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा महाभियोग सिफारिस समिति गठन गर्न दलहरु सहमत भएका थिए।

यो समितिले छुट्टै कार्यविधि बनाउने छ। त्यसका आधारमा ३ महिनाभित्र समितिले प्रतिवेदन बुझाउनु पर्ने हुन्छ। अर्काे बैठक आगामी आइतबार बस्नेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध फागुन १ महाभियोग प्रस्ताव दर्ता भएको थियो।

महाभियोग सिफारिस समिति

एमाले
१. विष्णु पौडेल
२. लालबाबु पण्डित
३. शिवमाया तुम्बाहाम्फे
४. कृष्ण भक्त पोखरेल

कांग्रेस
५. मीनबहादुर विक
६. रामबहादुर विष्ट

माओवादी
७. यसोदा सुवेदी
८. रेखा शर्मा

नेकपा एस
९. कल्याणी खड्का

लोसपा
१०. एकवाल मियाँ

जसपा
११. प्रमोद साह

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

विपदबाट बढी प्रभावित पालिकालाइ संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौं । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढी–पहिरोबाट बढी प्रभावित स्थानीय पालिकाहरूलाई संकटग्रस्त …

प्रतिकृया दिनुहॊस