दमौलीमा लागेकाे आगाे नियन्त्रणमा आएन, हेलिकोप्टरबाट पानी हालिँदै

तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। बिहान १० बजेदेखि लागेको आगाे तीन घण्टा हुँदा पनि नियन्त्रणमा लिन नसकिएको हो।

प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन। प्रहरी नायब उपरीक्षक युवराज खड्काले आगो निभाउने प्रयास भइरहेको बताए।

भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले नजिकका घरमा पनि क्षति पुर्याएको छ। व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ।

सिम्रिक इयरको हेलिकप्टरले आकाशबाट पानी झारेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा हेलिकप्टर मगाइएको हो। मन्त्री श्रेष्ठ मादी नदीमा बसेर पानीको व्यवस्था मिलाइरहेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

विपदबाट बढी प्रभावित पालिकालाइ संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौं । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढी–पहिरोबाट बढी प्रभावित स्थानीय पालिकाहरूलाई संकटग्रस्त …

प्रतिकृया दिनुहॊस