केपी ओलीकाे सुझाव, ‘प्रदेश नं १ को नाम कोशी राख्दा उपयुक्त’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोशी राख्दा उपयुक्त हुने सुझाव दिएका छन्।

प्रेस चौतारी नेपाल प्रदेश नं १ को शनिबार विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोशी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोशी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन्।

उनले अर्को प्रसङ्गमा नेपाली कांग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको टिप्पणी गरे। वर्तमान गठबन्धनमध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको उल्लेख गर्दै अध्यक्ष ओलीले लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको कांग्रेसले दक्षिणपन्थीको वैशाखी टेक्नु दुःखद् भएको आरोप लगाए।

प्रेस चौतारीको अधिवेशनलाई उद्घाटन गर्नुअघि पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अर्जुनधारा नगरपालिकास्थित सालबाडीमा रहेका पाँच शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईंकेल, नारायण श्रेष्ठको सालिकमा माल्यार्पणसमेत गरेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री