महोत्तरी काँग्रेसको सभापतिमा यादव विजयी

काठमाडाैँ । नेपाली कांग्रेसको जिल्ला सभापतिमा नागेश्वर यादव विजयी भएका छन् । शुक्रबार सम्पन्न मतदानको आज बिहान घोषित परिणामअनुसार पहिलो चरणमै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी भएका हुन् ।

विजयी यादवले खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत पाएको र उनका निकटतम प्रतिद्वन्द्वी सुशीलकुमार यादवले ७७९ र अर्का प्रतिद्वन्द्वी बजरङ्ग नेपालीले ३०६ मत प्राप्त गरेका थिए । मत गणनामा ४३ मत बदर भएको निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए ।

मतदानमा ९४ प्रतिशत मतदाताले मतदान गरेका थिए । सभापति पदको नतिजा सार्वजनिक भएपछि अब अन्य पदाधिकारी र सदस्यको पनि मतगणना थालिएको छ ।

सभापतिमा विजयी यादव पञ्चायतकालदेखि नै पार्टीमा आबद्ध भई राजनीतिमा सक्रिय रहँदै आएका थिए । यसअघि नेपाल विद्यार्थी सङ्घको विभिन्न जिम्मेवारी र तरुण दलको केन्द्रीय उपाध्यक्ष रहिसकेका यादव दलको १३औँ महाधिवेशनमा पनि जिल्ला सभापतिका उम्मेदवार भए पनि विजयी हुन सकेका थिएनन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री