सर्बियामा निस्कियो पुटिनको समर्थनमा र्‍याली

बीबीसी । सर्बियामा रुसी आक्रमणको समर्थनमा र्‍याली निकालिएको छ । राजधानी बेलग्रेडमा हजारौँ मानिसले युक्रेनमा रुसी आक्रमणको समर्थनमा गर्दै प्रदर्शनमा भाग लिएका छन् ।

करिब ४,००० मानिस रुसी जार निकोलस द्वितीयको सालिकको अगाडि भेला भएर र्‍यालीमा सहभागी भए । त्यहाँ उनीहरूले रुस र सर्बियाको राष्ट्रिय गान बजाए र दुई देशबीच दाजुभाइको सम्बन्ध रहेको बताए । प्रदर्शनकारीहरूले रुसी झन्डा र राष्ट्रपति भ्लादिमिर पुटिनको तस्बिर बोकेर सहर हुँदै रुसी दूतावासतिर लागेका थिए ।

सर्बिया आफूलाई युरोपेली नेताहरूबाट टाढा नबनाई र युरोपियन युनियनमा समावेश हुने आफ्नो आकाङ्क्षालाई नछोडी मस्कोसँगको सम्बन्धलाई शान्त पार्ने प्रयास गर्दै छ । उसका लागि सन्तुलनको यस प्रयास कठिन छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री