नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच सम्झौता

नेपाल बैंक र पोखरा विश्वविद्यालय बीच बिहीबार भएको सम्झौता बमोजिम यस बैंकले पोखरा विश्वविद्यालयमा कार्यरत कर्मचारी एबम् विद्यार्थीहरुलाई आधुनिक एबम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ ।

जस अन्तर्गत बिश्वबिद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक/ शिक्षक/कर्मचारीहरु सम्पूर्णको तलबी खाताहरुमा बैकले बचत निक्षेपहरुको उच्चतम ब्याजदर प्रदान गरि VISA Debit (ATM) Card निःशुल्क उपलब्ध गराइने,Mobile Banking / Internet Banking रजिष्ट्रेशन निःशुल्क उपलब्ध गराउने, बैंकको लकर भाडामा २५% छुट प्रदान गरिने सम्झौता छ।

यस्तै जुनसुकै प्रकारको कर्जा लिदा सेवा शुल्कमा २५% छुट प्रदान गरिने, D-MAT/ C-ASBA/ Mero Share Registration सुविधा निःशुल्क उपलब्ध गराइने, कर्मचारीहरुलाई Credit Card को सुबिधा प्रदान गर्ने लगायत बैंकको कुनै एक शाखामा रहेको खाताबाट नेपाल बैंक लिमिटेडकै अन्य कुनै पनि खातामा जतिसुकै रकम ट्रान्सफर गर्न चाहेमा विना कुनै शुल्क (Free ABB) तत्कालै ट्रान्सफर गरिने, बिश्वबिद्यालयको आबश्यकता अनुसार बिश्बबिद्यालय परिसरमा ATM Machine/Bank Counter/ Bank Branch स्थापना गरि बैंकले सेवा प्रदान गर्ने लगायत विविध बैकिङ्ग सेवा एबम् सुविधाहरु उपलब्ध गराउने उल्लेख छ।

पोखराको लेकसाईडमा भएको उक्त सम्झौता पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट रजिष्टार डा.दीपकबहादुर भण्डारी र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका थिए । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अधिकारीले नेपालको पहिलो र्बैक र विश्वविद्यालयबीचको सम्झौताले दुवैलाई उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले नेपाल बैंक लिमिटेड पहिलो र भरपर्दो भएकाले हस्ताक्षर गरिएको बताउँदै विश्वविद्यालय र र्वैकलाई अझ व्यवसायिक उचाईमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा आफूहरुको जोड रहने उल्लेख गरे। बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख प्रतिमा श्रेष्ठले सम्झौतालाई ऐतिहासिकरुपमा लिएको बताउँदै आर्थिक कारोवारको रुपमा नेपाल बैंकलाई छनोट गरेको भन्दै विश्वविद्यालयलाई धन्यवाद दिइन्।

उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्याल, नेपाल राष्ट्र बैंक पोखराका प्रमुख डा. रामशरण खरेल, बैंकका बजारिकरण तथा अनुसन्धान डिभिजनका प्रबन्धक कृष्णहरि बुढाथोकी, विश्वविद्यालयका पदाधिकारीहरु, बैंकका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

ग्लोबल आईएमई बैंक र नास-आईटीले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी)बीच दिगो …

प्रतिकृया दिनुहॊस