जुवातास खेलिरहेको अवस्थामा काठमाडौं उपत्यकाबाट ३४ जना पक्राउ

प्रहरीले काठमाडौं र ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा ३४ जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित धादिङ गजुरी गाउँपालिका–६ घर भएका गणेश भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ३६० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो।

यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल ओचु हाईटस्थित बिनोद श्रेष्ठको ब्याटमिन्टन कोर्टभित्र तास खेलिरहेको अवस्थामा २५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

महानगरिय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २९ हजार ५ सय ९० रुपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री