सुनको मूल्य १९०० ले बढ्याे

सुनको भाउ बुधबार प्रतितोलामा एक हजार ९०० रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी बुधबार तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ। चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँको दरले बढेको छ।

मंगलबार एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ३७५ रुपैयाँ निर्धारण भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री