सुन तोलामा १६ सयले बढ्यो

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १६ सयले बढेर तोलाको ९८ हजार २०० मा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको ९६ हजार ६०० मा कारोबार भएको थियो । आज तेजावी सुन तोलाको ९७ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैंयाँले बढेर तोलाको १३४० मा कारोबार भएको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री