काठमाडौं । तनहुँमा माइक्रोबस र ट्रक ठोक्किँदा १ जना मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।मृत्यु हुनेमा भोजपुर बोक्सिङ नगरपालिका घर भएकी १९ वर्षीया सविना राई रहेको प्रहरीले जानकारी दिएको छ । पोखराबाट काठमाडौँ जाँदै गरेको बा २ ख ११३८ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ११२४ नम्बरको ट्रक पृथ्वी राजमार्ग सडक अन्र्तगत व्यास नगरपालिका १२ छिर्कनेमा ठोक्किदा सो दुर्घटना भएको हो ।
तपाईंको प्रतिकृया




