साउनमा झन्डै २० लाख भक्तजनले डोलेश्वर दर्शन गर्ने

भक्तपुर । साउनको दोस्रो सोमबार भक्तपुरको सिपाडोल स्थित केदारनाथको शिर डोलेश्वर मन्दिरमा भक्तजनको भिड लागेको छ ।

बिगतका बर्षमा भन्दा यो बर्ष डोलेश्वर मन्दिरमा दर्शन गर्नेको भिड लागेपछि दर्शनार्थीको संख्या बढ्ने डोलेश्वर मन्दिर समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेतले जानकारी दिए ।

उनले भने यो बर्ष साउनको महिनामा झन्डै २० लाख दर्शनार्थीहरुले डोलेश्वर मन्दिर दर्शन गर्ने छन् । उनले भने हरेक सोमबार भक्तजन दर्शन गर्न आउने चाप बढेको छ ।

यो महिाना मन्दिर परिसरमा बिभिन्न धार्मिक गतिबिधिहरु समेत सञ्चालन हुने उनले जानकारी दिए । सडकको सहजतासँगै डोलेश्वर मन्दिर दर्शन गर्न आउनेको चाप बृद्धि भएको समितिका सचिब एवम् प्रचार प्रसार समितिका संयाेजक मोहन बल्लले जानकारी दिए ।

उनले भने साउनको महिनामा मन्दिरमा हुने धार्मिक गतिबिधिमा उठ्ने चन्दा भेटि ले मन्दिरले तयार गरेकाे गुरुयाेजना कार्यन्वयनमा ठूलो सहयोग पुग्ने समितिका पदाधिकारीले अपेक्षा राखेका छन् ।

दर्शन गर्न आउने भक्तजनको सुबिधालाई मध्ये नजर गर्दै मन्दिरका चारै ढोका खुल्ला राखिएको छ , भन्ने स्वयंम सेवकहरुको परिचालन पनि ब्यवस्थित गरिएको छ । बस्नेतले भने भक्तजनलाई सहज दर्शनको सक्दो ब्यवस्थापन गरिरहेका छौं यो नै हाम्रा लागि खुसिको बिषय हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …

प्रतिकृया दिनुहॊस