थानकोटमा माइक्रोसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको थानकोटमा माइक्रोमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

गएराति ११ बजे चन्द्रागिरि नगरपालिका-७ मा सडक छेउमा रोकिराखेको बा २ ख ७०४९ नम्बरको माइक्रोमा प्रदेश ३-०२ ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलका चालक २६ वर्षका आकाश रानाभाटको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार रानाभाटको उपचारका क्रममा राति साढे ११ बजे शहीद मेमोरियल अस्पताल कलङ्कीमा ज्यान गएको हो । उनको ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप