काठमाडौँ । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले युक्रेनमाथिको रुसी आक्रमण निन्दनीय भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत अहिलेको युगमा कुनै पनि स्वतन्त्र देशमाथि बाह्य आक्रमण स्वीकार्य हुनैनसक्ने बताएका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले बलिया देशको हैकमबाट बच्न गर्न सिपालु हुनैपर्नेमा जोड्दिए । ‘अहिलेको युगमा कुनै पनि स्वतन्त्र देशमाथि बाह्य आक्रमण स्वीकार्य हुन सक्दैन। युक्रेनमाथिको रुसी आक्रमण निन्दनीय छ’, उनले बिहीबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘साना/निर्धा देशले ठूला/बलिया देशको हैकमबाट बच्न अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई बेलैमा बुझ्न र व्यवस्थापन गर्न सिपालु हुनैपर्छ भन्ने पनि युक्रेनको घटनाले बुझाएको छ ।’
अहिलेको युगमा कुनै पनि स्वतन्त्र देशमाथि बाह्य आक्रमण स्वीकार्य हुनसक्दैन! यूक्रेनमाथिको रूसी आक्रमण निन्दनीय छ! साना/निर्धा देशले ठुला/बलिया देशको हैकमबाट बच्न अन्तर्राष्ट्रिय शक्तिसन्तुलनलाई बेलैमा बुझ्न र व्यवस्थापन गर्न सिपालु हुनैपर्छ भन्ने पनि यूक्रेनको घटनाले बुझाएको छ।
— Baburam Bhattarai (@brb1954) February 24, 2022




