नेपाल टी-२० विश्वकपमा छनोट हुन असफल

अस्ट्रेलियामा यसै वर्ष हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना पूरा हुन सकेन। ग्लोबल छनोटको सेमिफाइनलमा मंगलबार यूएईसँग ६८ रनले पराजित भएसँगै नेपाल विश्वकपको मुखैमा पुगेर पनि छनोट हुन नसकेको हो।

अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपाल यूएईसँग भने लज्जास्पद हार भोग्न बाध्य भयो। नेपाललाई हराएउँदै यूएईले भने विश्वकप क्रिकेटमा स्थान बनाएको छ। अर्को सेमिफाइनलमा ओमनलाई ५६ रनले हराउँदै आयरल्याण्डले पनि विश्वकपमा स्थान पक्का गरेको छ।

जारी छनोट प्रतियोगिताको उपाधिका लागि यूएई र आयरल्याण्डबीच खेल हुनेछ। दुवै समुह ए बाट सेमिफाइनलमा प्रवेश गरेका थिए। नेपालले भने तेस्रो स्थानका लागि ओमानसँग खेल्नेछ।

यूएईले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव ४ ओभरमा १ सय ७ रनमा अलआउट भयो। महत्वपूर्ण खेलमा ब्याटिङ नचल्ने नेपालको रोग मंगलबारको खेलमा पनि दाेहोरियो। दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाएको नेपालको इनिङसमा ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन बनाए। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री