४७६ कोरोना संक्रमित थपिए, तीन संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ४७६ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार ९ हजार ४२४ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ४७६ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ८३१ जनाले संक्रमण जितेका छन्। यससँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५३ हजार ४३० पुगेको छ।

सोही अवधिमा नेपालमा थप तीन संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ९२८ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १० हजार ७४७ जना सक्रिय संक्रमित रहेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री