मंगलबार पनि शेयर बजार बढेको छ। सोमबार २५ दशमलव ४१ अंकले बढेको बजार मंगलबार १७ दशमलव ४२ अंकले बढेर २ हजार ७३५ दशमलव ९३ बिन्दुमा पुगेको छ।
मंगलबार २२८ वटा धितोपत्रको ६० लाख ८१ हजार ६०२ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
मंगलबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी अन्य समूहको १ दशमलव ९८ प्रतिशतले बढेको हो ।
मंगलबार मैलुङ खोला जलविद्युत कम्पनी र युनाइटेड इदी मर्दी आर.वि हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनीको २१ करोड ४९ लाख ६७ हजार ४२१ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।
प्रतिकृया दिनुहॊस