एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी नगर्ने

एकीकृत समाजवादीले प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप जारी गर्ने तयारी गरेको छैन।

एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले एमसीसीको विपक्षमा उभिने निर्णय भए पनि सांसदहरूलाई विपक्षमा मतदान गर्न अहिले नै ह्विप जारी नगर्ने बताएका हुन्।

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारले संसदमा टेबुल गरेको एमसीसीलाई सांसदहरूले छलफलपछि निष्कर्ष निकालेर निर्णय लिन पाउने बताए । संसदमा व्यापक छलफल भएपछि कुन प्रक्रियाबाट विपक्षमा उभिने त्यहीबेला टुंगो लाग्ने उनको भनाइ छ।

एमसीसीलाई लिएर अहिले सो पार्टीमा स्पष्ट दुई धार देखिएको छ। अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनाल पक्ष विपक्षमा उभिएका छन्। त्यसैले एमसीसी संसदमा टेबुल भए पनि पास हुन्छ कि हुन्न भन्ने विषयप्रति चासो देखिएको हो।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस