बानेश्वरबाट १ चिनियाँ नागरिकसहित ३६ नेपाली पक्राउ

काठमाडाैँ । काठमाडाैँकाे पुरानाे बानेश्वरबाट १ जना चिनियाँ नागरिकसहित ३६ नेपाली पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौँबाट खटिएकाे टाेलीले गएराति पक्राउ गरेकाे परिसरका प्रवक्ता सुदिप गिरिले बताए ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरू अवैध कल बाइपास खाेलेर बसेकाे खुलेकाे छ । प्रवक्ता गिरिले भने- ‘अहिलेसम्म कस्ताे खाले कल बाइपास हाे खुलिसकेकाे छैन, पक्राउ गरिएकामध्ये एकजनाबाहेक सबै नेपाली नै हुन् ।’

उनीहरूलाई अहिले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after