चालेन्द्रविरुद्ध महाअभियोगपछि आज न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडौं । न्याय सेवा आयोगको बैठक आज बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि कायम मुकायम प्रधानन्यायाधीश बनेका दीपककुमार कार्कीले आयोगको बैठक बोलाएका हुन् ।

गत असोजपछि आजै आयोगको औपचारिक बैठक बस्न लागेको हो । आजको बैठकमा लोकसेवा आयोगले लिएको परीक्षाबाट उत्तीणर् जिल्ला न्यायाधीशहरुको नाम सिफारिस, कर्मचारीहरुको सरुवा, बढुवालगायतका विषयमा छलफल हुने सर्वोच्च स्रोतले जानकारी दिएको छ ।

न्याय सेवा आयोगमा प्रधानन्यायाधीश सहित कानूनमन्त्री, सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोक सेवा आयोगका अध्यक्ष पदेन सदस्य रहने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश जबराको कारणले सर्वोच्चमा विवाद बढ्दै जाँदा जाँदा गएको असोजदेखि आयोगको औपचारिक बैठक बस्न सकेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री