एमसीसीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ : उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसीसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गरेका छन्। आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले दलहरुले एमसीसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताए।

“एमसीसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँखाले हेर्नुपर्छ।” देशको आन्तरिक मामला भएकाले के ठीक के बेठिक नेपाली दल र जनताले छुट्याउनु पर्नेमा अहिले विदेशी शक्ति खेल्न थालेको छ।

उपसभापति गुरुङले भने, “हाम्रै कारणले वैदेशिक शक्ति एमसीसीका बारेमा बोल्न थालेका हुन् की भन्ने मलाई लाग्छ।” नेताहरुले दिनहुँ बोली फेरिराख्ने गर्दा विदेशी निकाय सलबलाउन थालेको उनको आरोप थियो ।

एक फरक प्रसङ्गमा उनले संसद् सञ्चालनका लागि सत्तापक्ष र प्रतिपक्ष दुवै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। संसद् प्रतिपक्षको भए पनि विरोधका कारण बन्धक बनाउन नहुनेमा जोड दिँदै उपसभापति गुरुङले संसदमा सरकारका काम कारवाहीका विषयमा बहस हुनुपर्ने र कानून बनाइनुपर्नेमा बन्दक बनाउनु गलत भएको बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित !

काठमाडौंं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका …

प्रतिकृया दिनुहॊस