महालक्ष्मीको नाफा २६ प्रतिशतले बढ्यो

काठमाडौं। महालक्ष्मी विकास बैंकले अघिल्लो वर्षको भन्दा २६ प्रतिशतले नाफा बढाएको छ। बैंकले गत आर्थिक वर्षमा ५६ करोड ११ लाख रुपैयाँ नाफा गरेको छ।

अघिल्लो वर्ष ४४ करोड ४२ लाख रुपैयाँ नाफा गरेको थियो। बैंकले खुद व्याज आम्दानी एक अर्ब ७ करोड रुपैयाँ आर्जन गरेको छ। यस्तो आम्दानी गत वर्ष ७७ करोड ९८ लाख रुपैयाँ थियो।

अघिल्लो वर्ष नै चुक्ता पूँजी पुरा गरिसकेको बैंकले जगेडा कोषमा एक अर्ब ४३ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ। गत वर्ष ८ प्रतिशतले निक्षेप बढाउदा कर्जा लगानी पनि ४.५२ प्रतिशतले बढाएको छ। बैंकको खराव कर्जा ३.८८ प्रतिशत पुगेको छ।  उच्च व्याजदरको प्रभाव आधार व्याजदर ११.३८ प्रतिशतबाट १२.३४ प्रतिशत पुगेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ, समस्यालाई अवसरमा बदल्ने प्रतिबद्धता

काठमाडाैं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन्। …

प्रतिकृया दिनुहॊस