ग्लोबल आइएमई बैंकले ल्यायोे स्मार्ट सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल मै पहिलो पटक नयाँ रुपमा मोबाईल बैंकिङ्ग सेवा ”ग्लोबल स्मार्ट सेवा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्नका लागि आज देखि उक्त सेवालाई परिमाजन गरेको हो ।

अद्यावधिक गरिएको मोबाइल बैंकिङ्ग कारोबारको सहजताको लागि व्यक्तिगत क्यिूआर कोडको माध्यमबाट रकमान्तर तथा रकम भुक्तानी गर्न सकिनेछ ।

यसका साथै यस सेवामा प्रयोगकर्ताको औँठाछाप मार्फत लगइन तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली अपनाइएको बैंकले जनाएको छ ।

बैंकको नयाँ ग्लोबल स्मार्ट सुबिधा अन्तर्गत ग्राहक स्वयंले बैंकमा नगइकन आफैँ उक्त सेवा सुचारु गर्न सक्ने (सेल्फ रजिस्ट्रेशन) सुबिधाको साथमा आफ्नो खाताको स्टेटमेन्ट ग्राफिकल रुपमा हेर्न सकिनेछ ।

त्यसैगरि, फोनिपेको नेटवर्कमा रहेका विभिन्न मर्चेन्टहरुको रकम भुक्तानी गर्न मिल्ने विशेषता थप गरिएको छ । थप गरिएका अन्य विशेषताहरुमा अकाउन्ट ड्यासबोर्ड र क्यालेण्डर इन्ट्रिगेशन सुबिधा पनि रहेको छ ।

यो सेवा मार्फत ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले पनि बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् ।

ग्राहकहरुले गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध ग्लोबल स्मार्टको नयाँ संस्करण लाई अद्यावधिक गरी यो सेवा उपभोग गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री