प्रधानमन्त्री र प्रचण्डबीच भेट : सत्ता गठबन्धनको बैठक सर्‍यो

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । देउवा र प्रचण्डबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

सो छलफलपछि गठबन्धनको बैठकको समय दुई घण्टा सारिएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बेलुका ५ बजे बस्ने तय गरिएको प्रचण्डको सचिवालयले जानकारी दियो । यसअघि, देउवा र प्रचण्डबीच बुधबार भएको छलफलपछि आज दिउँसो ३ बजेका लागि गठबन्धनको बैठक तय गरिएको थियो ।

बुधबारको प्रतिनिधिसभा बैठकमा नै अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा थियो । तर, माओवादी केन्द्रले एमसीसीमा जबरजस्ती गरिए सरकार छाड्ने निणर्य गरेपछि देउवा पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाउन तयार भएका थिए । आज एमसीसीका विषयमा ‘निणर्ायक’ छलफल हुन लागेको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रामेछाप-सिन्धुली वैकल्पिक मार्गबाट यातायात सुचारु

मन्थली । सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रुपमा …

प्रतिकृया दिनुहॊस