अमेरिकाले भन्यो-युक्रेनको सीमाबाट सैनिक फिर्ता गरेको रुसको दाबी गलत

एजेन्सी । युक्रेनको सीमाबाट आफ्नो सैनिक फिर्ता गरेको रुसको दाबी गलत रहेको अमेरिकाले बताएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले युक्रेनको सीमा क्षेत्रमा रुसी सैनिकको संख्यामा कमी नआएको बताएका हुन् ।

उनले अहिले रुसले सैनिकको संख्या घटाएको दाबी गरे पनि यो दाबी झुटो भएको बताएका हुन् । अमेरिकी अधिकारीको दाबी अनुसार युक्रेनको सीमामा अझै पनि ७ हजार अतिरिक्त सैनिक परिचालन गरिएको छ ।

अमेरिकी अधिकारीले रुसले जुनसुकै समयमा युक्रेनमा आक्रमण गर्न सक्ने बताएका छन् । रुसले भने युक्रेनको सीमामा भइरहेको सैन्य अभ्यास पूरा भइसकेको र अब सैनिक फिर्ता गर्ने काम भइरहेको बताएको छ । पश्चिमा मुलुकले भने रुसको दाबीमा कुनै सत्यता नरहेको आरोप लगाउँदै आएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने

काठमाडौँ । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको …

प्रतिकृया दिनुहॊस