आजदेखि राष्ट्र उत्थान लघुवित्तको आईपिओ खुल्ला

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारणका लागि साधारण शेयर (आईपिओ) आजदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुल्ला गर्ने भएको हो। जसमध्ये १३ हजार कित्ता कर्मचारीहरुलाई, ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ। बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता शेयर सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपिओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपिओ निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …

प्रतिकृया दिनुहॊस