टर्कीमा कोरोनाका बिरामीले आफन्त भेट्न गुहारे सरकार

एजेन्सी । एक जना तुर्केली पुरुषको लगातार ७८ पटकसम्म कोभिड-१९ परीक्षण रिपोर्ट पोजिटिभ आएको छ । ल्युकेमियाबाट पनि पीडित मुज्जाफेर कायासान सन् २०२० को डिसेम्बरदेखि आइसोलेसनमा बस्दै आएका छन् ।

उनले आफ्ना आफन्तहरूलाई अंकमाल गर्न नपाएको १४ महिना भइसक्यो । तुर्केली सरकारी समाचार निकाय एनादोलुका अनुसार ५६ वर्षीय कायासानमा पहिलो पटक २०२० को डिसेम्बर १९ मा कोरोना भाइरस पोजिटिभ देखिएको थियो । त्यसयता मात्र ७८ पटक उनी पोजिटिभ देखिएका छन् ।

नौ महिना अस्पतालमा रहेका उनी पाँच महिना इस्तानबुलस्थित आफ्नै घरमा आइसोलसनमा बसिसकेका छन् । द नेसनल अखबारका अनुसार उनले आफ्ना नाति-नातिनाहरूलाई झ्यालबाट मात्र चियाएर हेर्न पाउँछन् । उनले आफ्नो परिवारलाई प्रत्यक्ष भेट्ने आफ्नो ठूलो लालसा रहेको बताएका छन् ।

आइसोलसनकक्षबाट उनल भनेका छन्, ‘मलाई यहाँ कुनै समस्या छैन । तर, आफ्ना प्रिय व्यक्तिहरूलाई छुन नपाउँदा भने निकै दुःख लागेको छ ।’ अब उनले आफूलाई सरकारले कोभिड-१९ को नियमहरूबाट छुट दिएर परिवार भेट्न दिइने आशामा सरकारसँग अदालतमार्फत नै आफ्नो अनौठो परिवेशका लागि कुनै समाधान निकालिदिन याचना गर्दैछन् ।

टर्कीमा कोरोनाभाइरस बिरामीहरूलाई टेस्ट नेगेटिभ भएको स्थितिमा मात्र एक सातापछि सेल्फ-आइसोलेसबाट निस्कने अनुमित दिइने गरिएको छ । चिकित्सकहरूले उनले कोभिड-१९ बाट मुक्ति पाउन संघर्ष गरिरहेको तर ल्युकेमियाका कारण उनको रोग प्रतिरोधात्मक क्षमता नाजुक भएको बताएका छन् । बिजिनेस इन्साइडरबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अल्जजिराबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

काठमाडौं । यूएईको ख्यातिप्राप्त अल्जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको …

प्रतिकृया दिनुहॊस