हिउँ खेल्न गएका दुई किशोरको शव ११ दिनपछि भेटियो

काठमाडाैँ । ११ दिनदेखि बेपत्ता गोरखाका दुई किशोरको शव भेटिएको छ । हिउँ खेल्न भनेर गएका बारपाकका १६ वर्षीय करण घले र १६ वर्षकै साहिँला घलेको शव फेला परेको हो ।

स्थानीयबासी र प्रहरीको टोलीले आइतबार बारपाकको भुनेखर्क भन्ने ठाउँमा उनीहरुको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनीहरु गएको माघ २० गते हिउँ खेल्न भन्दै घरबाट निस्किएका थिए । बेपत्ता भएदेखि नै आफन्तले उनीहरुको खोजी सुरु गरेका थिए ।

पैदल बाटोबाट करिब एक सय फिट तल अप्ठ्यारो ठाउँमा खसेको अवस्थामा उनीहरुको शव फेला परेको हो । हिउँले पुरिएको शव हिउँ पग्लिँदै गएपछि देखिएको प्रहरीले जनाएको छ । सँगै हिउँ हेल्ने क्रममा चिप्लिएर लड्दा उनीहरुको मृत्यु भएको अनुमान स्थानीयले गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after