काठमाडाैँ । मोरङको सुनवर्षीमा शौचालयको सेफ्टी ट्यांकीमा डुबेर एक नाबालकको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका-९ भेडुवाथानमा रहेको बीपी आधारभूत विद्यालयको शौचालयको सेफ्टी ट्यांकीमा डुबेर स्थानीय सन्तोषकुमार दासका ३ वर्षका छोरा खेमको मृत्यु भएको हो ।
विद्यालयले ६ महिनादेखि खुलै छाडेको हजमा बालक डुबेका हुन् । लापरबाहीपूणर् तरिकाले खुला छाडेको महिला शौचालयको सेफ्टी ट्यांकीमा डुबेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार शौच गर्न आमा जमुनादेवी दास गएपछि ३ वर्षे बालक पनि पछ्याउँदै गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
तपाईंको प्रतिकृया




