काठमाडाैँ । दाङमा जन्ती बाेकेकाे जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेहरूकाे लमहीमा उपचार भइरहेकाे छ ।
घाइतेमध्ये ३ जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । दुर्घटना हिजाे बेलुका गढवा गाउँपालिका-५ चिसापानीमा दुर्घटना भएकाे हाे ।
जीप भारत उत्तर प्रदेशकाे शंकरपुरबाट दुलही लिन दाङकाे राजपुर खरदरियामा आउँदै थियाे । घटनाको थप विवरण आउन बाँकी छ ।
तपाईंको प्रतिकृया




