१ हजार ३६९ संक्रमित थपिए, २ हजार २३८ जना निकाे भए

पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८८० वटा नमुना परीक्षण गर्दा १ हजार ३६९ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार ८ हजार ८८० जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १३ जनामा र ३ हजार जनामा एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको २९ हजार ४ रहेको छ। पछिल्लो २४ घण्टामा २ हजार २३८ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री