आँखु खोला हाइड्रोको आईपीओ साउन १७ गतेदेखि

काठमाडौं । आँखु खोला हाइड्रो पावर कम्पनीले आयोजना प्रभावित स्थानीयहरूलाई  साधारण शेयर (आर्इपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले साउन १७ गतेदेखि आइपिओ बिक्रि खुला गर्ने भएको छ  । कम्पनीले धादिङ्गका  स्थानीयका लागि छुट्याइएको  ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओको निष्काशन गर्न लागेको हो ।

यस आईपीओ का लागि आवेदन दिने अन्तिम मिति साउन १७ गतेदेखि छिटोमा साउने ३१ गतेसम्म तथा ढिलोमा भदौ १५ गतेसम्म आवेदन दिन सक्ने छन। लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ४ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने छन् ।

धादिङमा रहेका मुक्तिनाथ विकास बैंक, सिभिल बैंक र प्रभु बैंकका शाखा कार्यालय मार्फत आवेदन दिन सकिने छ । साथै आँखु खोला हाइड्रो पावर कम्पनीको आयोजना स्थलको कार्यालय त्रिपुरासुन्दरी गाँउपालिका ४ रिङनेबजारमा पनि आवेदन दिन सकिने बिक्रि प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।

कम्पनीले स्थानीयलाई शेयर बिक्री गरेपछि आम सर्वसाधारणका लागि १२ करोड बराबरको १२ लाख कित्ता आर्इपिओ  जारी गर्नेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जगदुल्ला जलविद्युत आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक …

प्रतिकृया दिनुहॊस