बँदेलको आक्रमणबाट जङ्गलमा बाख्रा चराइरहेका किशोरको मृत्यु

काठमाडाैँ । बँदेलको आक्रमणबाट बाजुरा बुढीनन्दा नगरपालिका-३ चोलुका एक किशोरको मृत्यु भएको छ । आक्रमणबाट स्थानीय १५ वर्षीय सुकिन्द विष्टको मृत्यु भएको हो ।

सोमबार दिउँसो गाउँ नजिकै रहेको डोग्रा, ठाम्रा सामुदायिक वनबाट आएको बँदेलले आक्रमण गर्दा विष्टको मृत्यु भएको वडाध्यक्ष रामबहादुर बोहोराले जानकारी दिए ।

वनमा बाख्रा चराईरहेका बेला एक्कासी जंगलबाट निस्केको बँदेलले आक्रमण गर्दा घाइते भएका विष्टलाई उपचारका लागि कोल्टी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको वडाध्यक्ष बोहोराले बताए । बँदेलले टाउकोमा चिर्थादा विष्ट घाईते भएको आफन्तले बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य