नायिका श्रृष्टी श्रेष्ठको व्यस्तता बढेको छ । शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘रोमियो एन्ड मुना’को प्रचारमा लागिपरेकी छिन् । श्रृष्टीको चलचित्र ‘गाजलु’पछि नयाँ चलचित्र हलमा लागेको छैन ।यसैले पनि श्रृष्टी आफ्नो दोश्रो प्रोजेक्टलाई हिट बनाउन लागिपरेकी छिन् । विनय र श्रृष्टीको लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रलाई नरेशकुमार केसीले निर्देशन गरेका हुन् । प्रसन्न गोपाली यो चलचित्रका निर्माता हुन् ।
तपाईंको प्रतिकृया



