आन्दोलनरत चिकित्सक र प्रहरीबीच झडप,३० चिकित्सक प्रहरी नियन्त्रणमा

काठमाडौं । डा. गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्दै आन्दोलनरत चिकित्सक र प्रहरी बीच सामान्य झडप भएको छ ।

झडपमा  ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको छ । महाराजगञ्ज शिक्षण अस्पताल अगाडिको सडकबाट प्रहरीले चिकित्सकहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरु शिक्षण अस्पताल अगाडिबाट बालुवाटारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले नियन्त्रणमा लिएको प्रदर्शनकारीलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब पुर्‍याइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री