भारतमा कोरोनाबाट एकैदिन १०५९ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहरमा दैनिक संक्रमितको संख्या घटेको देखिएपनि मृत्यु हुनेको संख्या भने बढेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ९५२ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने १०५९ जनाको मृत्यु भएको छ ।

भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको ७.९८ प्रतिशत रहेको छ । त्यस्तै भारतमा एकै दिन २ लाख ३० हजार ८१४ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको घटिरहेको छ । हाल भारतमा कुल सक्रिय संक्रमितको संख्या १३ लाख ३१ हजार ६४८ रहेको छ ।

हालसम्म कोरोना संक्रमणबाट कूल ५ लाख १ हजार ११४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री