सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्यो

सुनको मूल्य शुक्रबार घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम थियो।

चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य १ हजार २५५ रुपैयाँ कायम भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री