डिशहोम फाइबरनेटको सह-वितरण सोरुम जोरपाटीमा

काठमाडौँ । नेपालभर इन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइब नेटले काठमाडौँको जोरपाटीमा पनि सह-वितरण सोरुमको शुभारम्भ गरेको छ । माघ १९ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन दीपा कम्प्लेक्स गर्नेछ ।

सोरुम समुद्घाटन डिशहोमका तर्फबाट नेसनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स  म्यानेजर उज्ज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थितिमा सम्पन्न भएको डिस मिडिया नेटवर्कले जनाएको छ ।

डिस मिडिया नेटवर्कसँग सहकार्य गरी डिसहोमको डीटीएच सेवा ग्राहकहरूमाझ पुर्‍याउँदै आएको दीपा कम्प्लेक्स अब डिशहोम फाइबर नेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने जनाएको छ ।

१५ सयभन्दा धेरै ग्राहकलाई डिसहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको दीपा कम्प्लेक्स अव अझ बढी ग्राहकहरूमाझ पुग्नका लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने दीपा इम्पेक्सका सञ्चालक सुवास तिमिल्सिनाले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री